चन्द्रनिगाहपुर,१८ असोज ।
रौतहटमा एक पछि अर्को महिला हत्याको शृखला रोकिन सकेको छैन् ।
एक महिनाको अन्तरालमा रौतहटमा तीनजना महिलाको हत्या भएको छ । एक जना महिलाको प्रहरी शिरासतमा ज्यान गएको छ ।
असोज १६ गते शुक्रबार दिउसो घांस लिन गएकी एक १६ बर्षिय युवतीको गाउकै उखुबारीमा बलात्कार पछि हत्या भएको छ ।
बृन्दावन नगरपालिका वडानं ४ हरैयापल्टुवामा घांस काटन गएकी एक १६ युवतीको बलात्कार पछि हत्या भएको सो वडाका वडाअध्यक्ष स्याम यादवले जानकारी दिएकाछन् ।
जिल्लाको गढीमाई नगरपालिका वडानं १ का स्थानिय सिताराम साह कानुका १६ वर्षिय छोरी बृन्दावन नगरपालिका वडानं ४ हरैया पल्टुवा मामा घर बस्दै आएकी थिइन ।
देरेन्द्र साह कानुका भान्जी सान्झा साह कानुको शंकास्पद हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रबक्ता भरत श्रेष्ठले तराई एक्सप्रेसलाई जानकारी दिए । बिहान १० बजे तिर घांस काटन गएकी सान्झा सांझ सम्म न फर्केपछि उनको खाजि गर्दै जांदा उनि मृत अवस्थामा नजिकैको उखुबारीमा फेला परेको स्थानिय वासिन्दा बताएका छन् । प्रहरीमा बलात्कार पछि भएको हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन् ।
बलत्कार पछि हत्या गरिएकी साहको हत्याको बिषयमा चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भईरहेको ईलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत भदौ १४ गते जिल्लाको गढीमाई नगरपालिका वडा नं. ३ मुसहरी टोलका स्थानिय सकल बैठकी श्रीमती मिन्त्रा देवी बैठाको पनि घांस काटन जादा उखुबारीमै हत्या भएको थियो । बिहान घँंस काटन खेतमा गएकी मिन्त्रा देवी साझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ ।
गत असोज ९ गते राती देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउका स्थानीय महेश तिवारीको दम्पतीमाथी आक्रमण हुदा महेशकी श्रीमती जगरामी देवीको मृत्यु भएको थियो ।
सांझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाई हुन् ।
यता गत असोज १४ गते प्रहरी हिरासतमा एक जना महिलाको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको हो । जिल्लाको गुजरा नगरपालिका वडा नं–२ कटानी बजारकी राधिका राउत बिहीबार विहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी थिइन ।
एक युवकसंग अनैतिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाच गराएको थियो ।
जिल्लामा एकपछि अर्को हत्याको घटना बढ्दै जादा जिल्लाका ग्रामिण भेगका बासिन्दामा त्रासको बाताबरण बनेको स्थानीयको भनाइ रहेको छ ।

२०७७ असोज १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here