अजय मिश्र,
कृष्णनगर, १८ असोज । शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित मानिस पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगर बाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्कीको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले शुक्रवार साझ करिब ६ बजेको समयमा सो रकम सहित मानिस नियन्त्रणमा लिएको हो ।
उक्त टोलीले भारत बाट नेपाल आउदै गरेका कृष्णनगर नगरपालिका वडा नं २ बस्ने अन्दाजी ५४ बर्षका पप्पु गुप्ता लाई बिशेष सूचनाको आधारमा चेक जांच गर्दा निजले लुकाई ल्याउदै गरेको चार लाख भारतीय अबैध रकम बरामद भएको छ । सो रकम ५०० को ४०० थान र २००० को १०० थान गरि भारतीय ४,००,०००(र चार लाख रहेको जस्को नेपाली रकम ६,४०,०००(र छ लाख चालिस हजार हुन आउछ । आवस्यक कार्यवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल रूपन्देहीमा बुझाउने शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरिक्षक निरन्जन राज कार्की ले जानकारी दिए ।