जुडिबेला,१८ असोज ÷चन्द्रपुर नगरपालिका वडानं २ जुडिबेलामा रहेको एक सहकारीको जमिनमा प्रहरी चौकी भवन बनेको छ । ८५ जना भन्दा बढी सेयर सदस्य रहेको जुडिबेलकै पुरानो एक सहकारी संस्थाको जमिनमा सयर सदस्यको अनुमती बेगरनै प्रहरी चौकी भवन बनेको स्थानीयले बताएकाछन् । जुडिबेलाकै पुरानो कामधेनु दुग्ध उत्पाद सहकारी संस्थाको नाममा रहेको एक कठा जमिनमा अधिकांस सेयर सदस्यको अनुमतीनै प्रहरी चौकी भवन निर्माण भएको भन्दै स्थानीयले बिरोध गरेकाछन् । नया भवन बनाउने बेलामा सहकारीको पुरानो घरको काठपात ,फर्निचर इटाको कुनै लेखाजोखा नभएको एक स्थानीयले जानकारी दिएकाछन् । सो भवनको निर्माण पुरा भएपछि सहकारी संचालन गर्ने वा प्रहरी चौकी राख्ने भन्ने बिषयमा ठुलो बिवाद आउने स्थानीयको भनाइ रहेको छ । गाउगाउमा सहकारी भन्ने सरकारको नारा बिपरित सहकारीको उत्थान गर्नुपर्नेमा सहकारी हटाएर प्रहरी चौकी भवन बनाउन केही गाउका केही लागेको स्थानीयको भनाइ रहेको छ । २०७७ असोज १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।