शंखर पहाडी
लालबन्दी,१९ असोज ।
नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ्ग नगरीकनै जरिवाना असुल्न थालेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन् । कोरोना भाईरस–कोभिड –१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ्ग नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताहरुको गुनासो छ । उनीहरुले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताए । विगत ५÷६ महिना मिटर रिडिङ्ग नगरी बसेको सब स्टेशनले लक डाउन अलि सहज भएपछि विल तिर्न आउन सुचना ने जारी गरेर जरिवाना सहित शुल्क असुलेको अर्का स्थानिय रमेश कार्कीको गुनासो छ ।
विद्युत वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ्ग नगरेका कारण आम सर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन् ।
प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफुले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवाना समेतगरि तिनु परेको उनिहरुको गुनासो छ । लालबन्दीका यीनिहरु त उदाहाहरणका पात्र मात्र हुन् । लालबन्दीमा रहेको विद्युत प्राधिकरण वितरण केन्द्रको चरम लापर्वाहीका कारण वितरण केन्द्र माताहतका अधिकांस बिजुली उपभोक्ता समस्यामा परेका छन् । सरकारले लकडाउनको समयमा विद्युत महसुलको जरिवाना नलिन भनेको भएपनि नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरीकनै जरिवाना असुल्ने गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here