चन्द्रपुर,२० असोज । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेका अपाङ भएका ब्यक्तिहरुलाई व्हील चेयर र ट्राई साईकल बितरण गरिएको छ ।
सोमबार चन्द्रपुर नगरपालिकाको आयोजना राट्रिय अपाङ पूर्ण स्थापना समाज काठमाण्डौको आर्थिक तथा प्रविधिक सहयोगमा निशुल्क व्हील चेयर र ट्राई साईकल बितरण गरिएको हो । चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीको अध्यक्षतामा राट्रिय अपाङ पूर्ण स्थापना समाज काठमाण्डौका अध्यक्ष सुगम भटराईको प्रमुख आतिथ्यमा सो कार्याक्रम सम्पनन् भएको छ । चन्द्रपुर नगरभित्रका करिब २५ जना अपाङता भएका ब्यक्तिहरुलाई सो समाग्री वितरण गरिएको चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा सो चन्द्रपुर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत कृष्ण सिग्देल, लगाएत विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।