काठमाण्डौं, २०असोज । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका९११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका९१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो । माझीले ०७६ साल जेठ ५ गते काठमाडैं कागेश्वरी मनहरा नगरपालिका९९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक थापाले बताए । त्यसयता उनी फरार थिए । अनुसन्धानको क्रममा विनयले मृतक पम्फालाई आफ्नै कोठामा लिएर वैशाख ३० गतेदेखि बन्धक बनाएका थिए । पछि स्थानीयले खबर गरेपछि जेठ ५ गते सोही कोठाको खाटमा महिलाको शव भेटिएको थियो । कोठाको बाहिरबाट ताला लगाइएको थियो । अनलाइनखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here