स्थानीय भन्छन् यस्तो तस्करी त पञ्चायतकालमा पनि भएको थिएन

रुपेन्द्र पटेल
बृन्दावन,२० असोज ।
पछिल्लो समय रौतहटको वनमा ब्यापक काठ तस्करी हुने गरेको गुनासो बढेको छ । कर्मचारीक मिलेमतोमा तस्करी हुने गरेको स्थानीयको भनाइ रहेको छ ।
जिल्लाको बृन्दावन सव डिभिजन वन कार्यालय मातहतको वनबाट कर्मचारीकै मिलोमतोमा तस्करले करिब २५—३० जनाको समूह बनाएर दैनिक काठ तस्करी गर्ने गरेको स्थानियले बताएका छन् । उनीहरुले रातीको समयमा समुहनै बनाएर वनमा जाने र काचा सालका रुख काटेर गोलिया बनाएर सार्यकल तथा मोटर साईकलमा बिभिन्न स्थानमा लगेर बिक्रि बितरण गर्ने गरेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । सो वन कार्यालयका वन कर्मचारी महमद महबुब आलम भन्ने कम्रे आलमको मिलोमोमा ब्यापक तस्करी भईरहेको स्थानिय वासिन्दाले जनाकारी दिएका छन् । आलमले तस्करस“ग रकम लिएर तस्करी गराउने गरेको बलरीका अर्का स्थानीयले बताए ।
स्थानिय भनछन् यस्तो तस्करी त पञ्चातीकालमा पनि भएको थिएन, यस्तै तस्करी बढदै गएपछि बृन्दावन सव डिभिजन वन कार्यालयका मातहतको वन २÷४ वर्षमै सकिने छ ।
केही समय अगाडी बृन्दावनको जंगलमा न्युन भएको तस्करी जमदार कम्रे आलम आएपछि तिब्र रुपमा बढेको स्थानियको भनाई रहेको छ । वन कर्मचारीले डियुटि गरेपनि कम्रेको सेटिङमा प्रत्येक राती सखुवाको काठ तस्करी हुने गरेको समाचार स्रोतले जनाएका छन् । यता समाचार स्रोतका अनुसार सो जंगलको मातहतमा बरामद भएको काठ लगतमा नचढाई बिक्रि बितरण हुने गरेको छ । स्रातले दिएको जानकारी अनुसार गस्तीमा गएका बेला तस्करले वन कर्मचारीलाई देखेर भगछन र सो काठ बरामद गरेर पुनः अर्को तस्करस“ग बिक्रि बितरण गर्ने गरेको स्थानीयको भनाइ रहेको् छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले सो स्थानमा हुने गरेको काठ तस्करीको बिषयमा खासै चासो नदिएका कारण समेत सो क्षेत्रको वनमा ब्यापक हानी नोक्सानी हुने गरेको स्थानीयको भनाइ छ । उता जिल्लाको चुरे फेदीका गाउमा समेत दैनिक रुपमा काचा सालका रुख काटेर बिक्रि बितरण गर्ने समुह सक्रिय रहेको गैडाटारका एक स्थानीय बासिन्दाले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here