अशोक पहाडी
रौतहट,२१ असोज ।
बलात्कार पछि हत्या गरिएकी युवतीको हत्यामा संलग्न अझै फक्राउ पर्न सकेका छैनन् ।
गत असोज १६ गते हत्या गरिएकी सम्झा साहको हत्यामा संलग्नलाई पक्राउको माग गर्दै मंगलबार सांझ रौतहट जिल्लाको बिभिन्न स्थानमा लिप प्रज्वलन कार्यक्रम गरिएको थियो । रौतहटको सदरमुकाम गौरको बिपी चौक र मध्य बजार गरुडाको मिथुर चौकमा रौतहट युवा हरुले दिप प्रज्वलोन गर्दै दोषिलाई तत्काल पक्राउ गर्न स्थानीय प्रशासनसंग आग्रह गरेका थिय ।
जिल्लाको वृन्दाबन नगरपालिका ४ हरैयापल्टुवा स्थित उखुबारीका सम्झा साहलाई बलात्कार पछि हत्या गरिएको थियो । साह प्रती श्रद्धाञ्जली अर्पण गर्दै दोषि उपर कार्वाहीको लागि सरकारलाई दबाब सृजना गर्न जिल्लाका मुख्य बजारका चौकहरुमा दिप प्रजवलन गरिएको सितान्शु सिंहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here