कटहरिया, २२ असोज । रौतहटको एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिएको छ । जिल्लाको कटहरिया नगरपालिकामा एक किसानको मिहिनेतमा पानी फेरिएको छ । नगरपालिकाको वार्ड नं. ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा लगाईएको धानबाली गएराति अज्ञात समूहले काटेर खेतभरि नै फालिएका छन् । किसानले मेहनत गरि धान हुर्काएर बालि निस्किने बेला धान काटि दिएपछि किसान पिडामा परेका छन् । कसैले व्यक्तिगत रिसिभि का कारण आफुले लगाएको बाली काटेर क्षति पुर्याएको भन्दै पीडा पोखे । किसानको करिब दुई कठ्ठा मा लगाएको धान बाली मध्ये डेढ कठ्ठामा लगाईएको धान काटेर फालिएको पिडित किसान यादवले बताए । घटनाको सुचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया बाट सई लतिफ अन्सारीको कमाण्ड गएको टोलीले घटना छानबिन गरि मुचुल्का उठाएको थियो । घटनाको बारेमा छानबिन गरि थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको हो । पिडित किसानले सम्बन्धित निकाय सँग क्षतिपूर्ति उपलब्ध गराई दिनु हुन माग गरेका छन् ।
