गरुडा, २२ असोज । रौतहटमा बलात्कार पछि हत्या गरिएकी युवती सँझा साह कानुको हत्यामा संलग्नलाई पक्राउको माग गर्दै बुधबार सांझ रौतहट गरुडामा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । विवेकशील नेपाली दल रौतहटको जिल्ला अध्यक्ष लखिन्द्र कुमार गुप्ताको अध्यक्षतामा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं १ बस्ने स्थानिय सिताराम साह कानुका अन्दाजि १६ वर्षिय छोरी सँझा साह कानुको आत्माको चिर शान्तिको कामना गर्दै बुधबर साँझ गरुडाको मेथुरमा चौकमा १ मिनट मौन धरान र दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विवेकशील नेपाली दलको केन्द्रिय सदस्य विवेक शर्मा, विवेकशील नेपाली दलको नव युवा सन्जाल प्रदेश न २ को सम्योजक अनिशुन खातुन, सह सम्योजक गजेन्द्र साह लगायत कृष्णदन सहनी, सुरेन्द्र शर्मा, रितेश यादव, गजेन्द्र पटेल, अजय शर्मा मनिश गुप्ता लगायत सयौंको सन्ख्यामा सन्झा साहको आत्माको चिर शान्तिको कामना गर्न तथा यथासिघ्र अपराधीलाई कानुनको कटघरामा उभाउन जिल्ला प्रहरी सँग जोडदार माग समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here