सर्लाही, २२ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच दिनदेखि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका कार्यालयका एक जना नायब सुब्बाको पीसीआर टेष्ट गर्दा (हिजो) बुधवार पोजिटिभ रिपोर्ट आएको हो । उनी सन्चो नभएर केही दिनदेखि बिदामा घर बसेका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कन्टयाक ट्रेसिङका आधारमा आज (बिहीवार) सबै कर्मचारीको थ्रोट स्वाब संकलन गरी पीसीआर टेष्ट गरिने जानकारी दिए । उनले यस कार्यालयबाट दिइने सेवा भने सतर्कता अपनाएर नियमित राख्ने बताए ।