रौतहट, २३ असोज । इण्डियन प्रिमियर लिग ९आईपीएल०मा आज लयमा देखिएको दिल्ली क्यापिटल्स र सम्हालिने प्रयासमा रहेको राजस्थान भिड्दैछन्। जारी सिजनमा एउटा मात्र खेलमा पराजय भोग्दै अंक तालिकाको शीर्षस्थानको होडमा रहेको दिल्लीलाई रोक्न सातौं स्थानमा रहेको राजस्थानलाई सहज हुने भने देखिँदैन । दिल्ली जारी सिजन सीमित खेलाडीको भरमा मात्रै छैन। सबै खेलाडीले राम्रो योगदान दिइरहेको अवस्था छ। अर्थात टिम सन्तुलित देखिएको छ। ब्याटिङमा पृथ्बी श, शिखर धवन, कप्तान श्रेयस ऐय्यर, ऋषभ पन्त, मार्कस स्टोइनिसलगायतका खेलाडीहरुले हरेक खेलहरुमा योगदान दिइ रहेका छन् । यसअघि रोयल च्यालेन्जर्स बेङग्लोरसँगको खेलमा स्टोइनिसले तल्लो क्रममा आएर राम्रो ब्याटिङ गर्दै टिमको स्कोर उकासेका थिए । त्यस्तै बलिङमा पनि दिल्लीले राम्रो प्रदर्शन गरिरहेको छ। विशेष गरी जारी सिजनमा सर्वाधिक विकेट लिएका कागिसो रवाडा राम्रो फर्ममा छन्। लेग स्पीनर अमित मिश्रा चोटका कारण आईपीएलबाट बाहिरिए पनि रविचन्द्र आश्विन र अक्षर पटेलले त्यसको कमी हुन दिएका छैनन्। क्यारेबियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेर युएई पुगेका सन्दीप लामिछाने पनि अझै दिल्लीको बेन्चमा छन्। यसरी हेर्दा दिल्ली टिम गेममा देखिन्छ । अर्कोतर्फ राजस्थानको अवस्था दिल्लीको भन्दा उल्टो छ। राजस्थानको टिम कप्तान स्टीभ स्मिथ, जोस बट्लर र संन्जु सेमसनको बलमा छ। त्यस्तै बलिङमा जोफ्रा आर्चरमा निर्भर भएको देखिन्छ। सेमसनले सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेपछि पछिल्ला खेलमा खास जम्न सकेका छैनन। त्यस्तै राजस्थानको मध्यक्रममा पनि समस्या देखिन्छ। जसका कारण मध्यक्रममा केही परिवर्तन हुन सक्छ। अझ बलिङममा त आर्चरमाथि ठूलै निर्भरता देखिन्छ। टम करनले पनि उनलाई साथ दिँदै आएका छन् भने पछिल्लो खेलमा श्रेयस गोपालले पनि राम्रो प्रदर्शन गरेका थिए। तर बलरहरुमा ‘कन्सिस्टेन्सी’ भने देखिँदैन । दिल्ली र राजस्थानबीच हालसम्म २० वटा खेल भएका छन्। जसमा दिल्लीले ९ वटा र राजस्थानले ११ वटा खेल जितेका छन्। दिल्ली र राजस्थानबीच आज साँझ पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा खेल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here