चन्द्रपुर,२३ असोज । विकास निमार्णको काममा सरोकारवाला निकायको वेवास्ताका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माणाधिन रेल्वे स्टेसनको काम कमजोर र गुणस्तरहीन भएको खुलेको छ । चन्द्रपुर नगरपालिका वडा नं. ८ बेतौनामा निर्माण भईरहेको रेल्वे स्टेसनमा अत्याधिक माटो प्रयोग र कमसल माटो मिस्रीत मिक्स ग्रेवल प्रयोेग गरि गुणस्तरहिन भएको प्रष्ट देखिएको छ । चौधरी कन्ट्रक्सनका प्रोपाइटर दिपेन्द्र ठाकुरले जिम्मा लिएको दक्षिण तर्फको ५ कि.मि र त्रिनेत्र कन्ट्रक्सनका प्रोपाइटर प्रकाश कार्कीले जिम्मा लिएका बेतौनाबाट उत्तर तर्फको ६६० मिटरको काममा गुणस्तरहिन कमसल निर्माण सामाग्री प्रायोग गरेको प्रष्ट भएको स्थानीयहरुको आरोप रहेको छ । यस कन्ट्रक्सनले निमार्ण गर्ने बाँकी निर्माणको कार्य पनि हद सम्मको कमसल हुन्छ भन्ने यही सुरुवाति कामले देखाएको छ । कमसल वस्तुको प्रयोग गरि आफ्नो क्षेत्रमा निर्माण भएका संरचनाको नियमित अनुगमन र मुल्याङ्कन रेलवे विभागले गर्नुपर्ने भए पनि विभागका इन्जिनियरले नियमित अनुगमन नगर्ने गरेको र ठेकदारसंग मिलोमतो गरिे कानमा तेल हालेर बसेको स्थानिय बासिन्दाको आरोप रहेको छ ।
जनकपुर देखि बर्दिवास हुदै बिरगंज सम्मको रेलमार्ग निर्माणको काम लामो समय देखि चलिरहेको छ । सरोकारवाला निकाय रेलवे विभागले खासै चासो नदिदा रेलवे निर्माणमा रौतहटमो मनोमानि बढिरहेको छ । बेतौनामा अघिल्लो बर्षायामकोे समयमा पनि ठेकेदारहरुले रेलको लिकमा पानी निकासको बाटो नबनाउ“दा स्थानिय किसानहरुकोे धानबालि क्षति र बेतौना गाउ“ नै डुवानको चपेटामा परेकोे थियो । चन्द्रपुर नगरपालिका क्षेत्र भित्र पर्ने चादी नदि र बागमति लगायतका अन्य खोलाहरुको प्रारम्भिक बातावरणीय परिक्षण गर्ने काम भइरहेकाले वाताबरणीय परिक्षण नगरि नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने ब्यवस्था रहेकोले सो कार्य नभए सम्मका लागी नदीजन्य पदार्थ उत्खनन नगर्न नगरपालिकाले पुर्ण रुपमा बन्देज गरेको छ । नदिजन्य पदार्थकोे उत्खनन गर्न नपाएकाले पनि काम अगाडि बढाउन ठेकेदारहरुले उच्च रुप माटोको प्रयोेग गरिरहेको स्थानिय बुद्धिजिविहरुको आंकलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here