चन्द्रपुर, २५ असोज । रौतहटको चन्द्रनिगाहपुरमा शनिवार डा. गोविन्द केसीको जीवन रक्षार्थ एबम् उनले उठाएका मागहरु पुरा गर्न दबाब दिँदै जुलुस प्रर्दशन भएको छ । सो प्रदर्शनमा नेपाली काँग्रेशका प्रदेश साम्सद धनलाल ठोकर तथा बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही राय यादब सहित दर्जनौ कार्यकर्ताको उपस्थिति रहेको थियो । नेपाल तरुण दल चन्द्रपुर नगर समिति र बिपि कोईराला युबा नेतृत्व बिकास मञ्च जिल्ला कार्यसमिति रौतहटको संयुक्त आयोजनामा शनिबार बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित र्याली निकालिएको हो । नागरिक अधिकारको लागि डाक्टर केसीले उठाएको माग प्रति सरकार गम्भिर नभएपछि देशका बिभिन्न भागमा र्याली, जुलुस, धर्ना र अनसन जस्ता कार्यक्रम हुदै आएको छ । स्वास्थ्य क्षेत्रमा भएका बिकृती, विसंगती विरुद्ध डाक्टर केसी देशका बिभिन्न भागमा पटक–पटक अनसन बस्दै आएपनि उनले उठाएको माग प्रति सरकारले बेवास्ता गरेको आरोप नागरिकस्तरमा गुन्जिन थालेपछि सरकारको चौतर्फि बिरोध र केसीको समर्थनमा जुलुस निस्कदै आईरहेको छ । डाक्टर केसीको अनसन प्रष्ट छ मेडिकल माफिया भ्रस्ट छ, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डाक्टर केसीको साथमा, भ्रस्टाचार अनियमितता र माफियातन्त्रको अन्त्य गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर चन्द्रनिगाहपुर तीनकुने क्षेत्र लगायत जुलुसले परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । नेपाल तरुण दल चन्द्रपुर नगर समितिका उपसभापति शम्भु थापाले नागरिकको अधिकारको लागि डाक्टर केसीले उठाएको माग समयमै सरकारले सम्बोधन गर्नुपर्ने माग आफुहरुको रहेको र माग लाई बेवास्ता गर्दै सरकारले पेलेर गए आगामी दिनमा तरुण दलले आन्दोलनको आधिबेरी सृजना गरेर डाक्टर केसीले उठाएको माग सरकार बाट पुरा गराउन बाध्य हुने थापाले बताए । डा केसीको माग प्रति सहमति जनाउदै उनको समर्थमा देशका बिभिन्न स्थानमा सरकारको तिब्र आलोचना हुदै आईरहेको छ ।