चन्द्रपुर,२५ असोज । रौतहटमा जनता समाजवादी पार्टीका क्षेत्रिय भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पनन् भएको छ । क्षेत्र नम्वर ४ मा जनता समाजबादी पार्टी रौतहटले बिजया दशमि, शुभ दिपावली तिहार तथा छठपर्बको अबसरमा शुभकामना आर्दान प्रदान कार्यक्रमको आयोजना गरेको हो । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बिनवाटोलमा आयोजना गरीएको सो कार्यक्रमको अध्यक्षता रौतहटका समाजसेवी नेता कन्थमणी प्रसाद जयसवालले गरेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको रहेको थियो । कार्यक्रममा युवा नेता राजकुमार दास, कौशल खान मिथला, जयनाथ यादव, रामाज्ञा यादव ,धर्मेन्द्र प्रसाद यादब ,मुस्तुफा अन्सारी, सोवी सहनि, राजिब रञ्जन यादव तथा पार्टीका केन्द्रिय सदस्य हरी प्रसाद घिमिरे लगायतका दर्जनौ नेताहरुले शुभकामना मन्तब्य राखेका थिए । सो कार्यक्रम सञ्चालन जनता समाजबादी पार्टीका संघीय परिषद सदस्य जयनाथ राय यादबले गरेका थिए । टुक्रा टुक्रामा बिभक्त पार्टी साघुरो घेराबाट फराकिलो,ब्यापक र बिस्तारीत भएसंगै हिमाल,पहाह र तराईलाई जोड्न पार्टी एकताले महत्वपूर्ण भुमिका निर्बाह गरेको प्रति खुशी भएको अधिकांश बक्तहरुको भनाई रहेको थियो । जिल्लाका चर्चित युवा नेताको रुपले चिनिएका राजकुमार दासले मधेश र मधेशी,आदीबासी,दलित लगायतलाई सरकार र अन्य राजनैतिक पार्टिले धोका दिएको बताएका छन् । उनले सरकारको कमजोर सुरक्षा नितीका कारण पनि रौतहटमा दिन प्रतिदिन श्रृङखलाबद्ध रुपले हत्या,हिंसा लगायतका घटनाहरु घट्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
आफूहरु संबिधानको बिरोधि नभएको तर संबिधानको केही बुदाहरुमा आदिबासी,दलित,मधेशी लगायतकाको माग समाबेश नगरी बिभेदपूर्ण तरीकाले दूई तिहाईको बलमा संबिधानमा लादिएको केही बुंदाहरुको बिरोधि भएको जयनाथ राय यादको भनाई रहेको थियो ।
यस्तै सो कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका युवा संघका अध्यक्ष कौसल खान मिथालाले जनता समाजवादीमा सबैलाई जोरसोरका साथ लागनुपर्ने बताएका छन् । कार्यक्रमको अन्तयमा कार्यक्रमको अध्यक्षता गरीरहेका कन्थमणी प्रसाद जयसवालले आगामी निर्वाचनमा पार्टी एकताको मर्म अनुसार सबै एकजुट भई वडा देखि केन्द्र सम्मको निर्बाचनमा हिमालदेखि तराई सम्म जनता समाजबादी पार्टीको लहर ल्याउन र आफ्नो पार्टीको सरकार बनाउन सबै तह र तप्काका कार्यकर्ताले लागीपर्न निर्देशन पनि दिएका थिए । नेता जयसवालले जयसवालले चुनावमा प्रजित भएपनि जनताको सेवामा लागिपरेका छन् । यस्तै साही कार्यक्रममा बोल्दै जनता समाजवादीका नेता सोवी सहनिले रौतहटमा भईरहेको बालात्कार तथा हत्या हिंसा तत्काल रोक्नु पर्ने माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here