बारा,२५ असोज । बारा जिल्लाको जितपुर सिमारा उप९ महानगरपालिका अन्तर्गत पर्ने पथलैया निजगढ सडक खण्डमा ट्र्याकटर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
निजगढबाट पथलैया तर्फ जाँदै गरेको ना ३ त ११०६ नम्बरको धानको भुस बोकेको ट्र्याकटर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा बाराको कलैया घर भएका अन्दाजी ३० बर्षिय शेख उताम अन्सारी रहेका छन । अन्सारी ट्र्याकटरका सहचालक रहेको प्रहरीले बताएको छ ।