कटहरिया,२५ असोज । रौतहटका किसानले खेतमा लगाएको धानको बालामा दाना नलागे पछि चिन्तित बनेका छन । अहिले सम्म नदेखिएको अज्ञात रोग यसपालीको धान बालीमा देखिए पछि किसान चिन्तित बनेका हुन । रौतहटको कटहरिया नगरपालीका वडा नं. ७ मा बस्ने केहि किसानले लगाएको धानको बालामा दाना नलागेको बताएका छन् ।
स्थानिय मोहम्मद आलमको ४ कठा, जय नारायण साहको साँडे ३ कठा, जितेन्द्र शाहको ३ कठा लगाएत अन्य किसानको खेतमा धानको बालामा दाना नलागेको हो । धानको बालामा ८० प्रतिशत सम्म दाना नरहेको किसानहरुले गुनासो गरेका छन । यस बिषयमा भुमि ब्यवस्था तथा कृषि सहकारि मन्त्रालय, कृषि ज्ञान केन्द्र गौरका बाली बिज्ञहरुलाई पटक पटक जानकारि गराउ“दा पनी आफुहरुको समस्यालाई बेवास्ता गरिएको किसानहरुले गुनासो गरेका छन ।
साथै किसानहरुले आफुहरुलाई पटक पटक बेवास्ता गरिएकोले अब आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । उनिहरुले सम्बन्धित निकायमा गएर बिरोधको कार्यक्रम गर्ने जनाएको हुन । धानको बालामा दाना नलाग्ने समस्या मात्रै नभएर उक्त क्षेत्रका किसानले लगाएको धान बालीमा पात र डांठ सुक्ने, बालामा हरियो पहेँलो दाना भई आफै पिठो जस्तो हुने लगाएतका रोगहरु पनी देखिएको किसानहरुले बताएका छन ।