कटहरिया,२५ असोज । रौतहटको कटहरिया नगरपालिकामा एकजना वडा अध्यक्षको सहित दुईवटा मोटरसाइकल चोरी भएको छ । कटहरिया बगर प्रवक्ता तथा वडा ४ का अध्यक्ष चन्दन कुश्वाहा सहित शुक्रबारराती दुइजनाको मोटरसाइकल चोरी भएको हो । प्रवक्ता कुश्वाहाको गाडी चालक कटहरिया ३ का राधेश्याम यादवको घरमा राखिएको प्रदेश ३ ०२.००२प ०१५५ नम्बरको पल्सर १५० सिसिको मोटरसाइकल चोरले लगेको छ । त्यसैगरी कटहरिया बजार स्थित मोटरसाइकल ग्यारेज संचालन विकास साह सोनारको बिआर २९ एफ १५६५ नम्बरको मोटरसाइकल उनको घरै अगाडि बाट गएराती चोरी भएको पीडित परिवारले जनाएको छ । शुक्रबारराती कतिबेला मोटरसाइकल चोरी भएको बारे केही जानकारी नभएको बिहान पख मोटरसाइकल न देखिएपछि मात्र सोबारे चाल पएको पीडितहरुले बताएका छन । ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई लतिफ अन्सारीले घटनाको पुष्टि गर्दै चोरी भएको मोटरसाइकल र संलग्न चोरको खोजी भैरहेको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here