चन्द्रपुर, २७ असोज । चाडपर्व नजिकिएसंगै चन्द्रपुरमा बजार अनुगमनलाई तिब्रता दिएको छ । आईतबारदेखि चन्द्रपुर नगरपालिकाले बजार अनुगमन गर्न थालेको हो । चाडबाडका बेलामा उपभोक्ता म्याद गुज्रिएको समाग्रि किननु नपरोस र चर्को मूल्य तिर्नु नपरोस भन्ने उदेश्यले बजार अनुगमनलाई तिब्रता दिएको हो । बजार अनुगमनको दोस्रो दिन मंगलबार चन्द्रपुर नगरपलिकाकी उप–मेयर रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, दिल बहादुर चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमा साह, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि र इलाका प्रशासन कार्यालय चन्द्रपुरका सुबा उपेनद्र साहद्धारा बजार अनुगमन गरिएको छ । बजार अनुमन गर्ने क्रममा चन्द्रपुर– ४ मेन चौकमा रहेको बिभिन्न किराना पसलहरुबाट म्याद गुज्रिएको जिरा, धनिया, दालमोठ, ज्वाईनो, पचफोरना, सेवई, सोप, धुलो खुर्सानि मसाला लगाएतका खाद्य समाग्रीहरु म्याद गुज्रिएको पाईएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा सर्लाहीका प्रमुख जगत प्रकाश चौधरीले जानकारी दिएका छन् । म्याद गुज्रिएको समाग्री फेला परेका पसल सञ्चालकहरुलाई चेतानि दिएर छाडेको र अर्काे पटक बजार अनुगमन गर्ने क्रममा भेटियो भने कारवाहीको दायरामा ल्याउने उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरेले बताएका छन् । म्याद गुज्रिएको फेलापरेको समाग्री बरामद गरी नगरपालिकाको कवजामा राखिएको चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साहले बताएका छन् । उनका अनुसार बजार अनुगमन सकेपछि बरामद भएको सबै समाग्री एक मुसठ नष्ट गरिने बताए ।