चन्द्रपुर,२७ असोज । चन्द्रनिगाहपुर वडा नम्बर एक पौराईस्थित ब्रमह्स्थान मन्दिरमा लगाईएको ठेक्काको बिषयलाई लिएर पौराई ब्रमह्स्थान निर्माण सुधार संघले चन्द्रपुर नगरपालिका समक्ष ज्ञापनपत्र बुझाएको छ । संघले चन्द्रपुर नगरपालिका अन्तर्गतका अन्य धार्मिक स्थलहरु नुनथर, शहिद स्मारक चादि लगायतका स्थलहरुमा चै ठेक्का नलगाई पौराई ब्रमह्स्थान मन्दिरमा मात्र ठेक्का लगाएकाले सो ठेक्का प्रकृया रद्द गर्न र उक्त मन्दिरकै समिति मार्फत कार्य गराउन नगरपालिका समक्ष माग गरेका छन् । उक्त मन्दिरमा हांस,परेवा,कुखुरा तथा बोकाको वलि दिईने गरीन्छ सो काटमार गरेबापत नगरपालिकाले बिगतका बर्षहरुमा ठेकदार मार्फत कर उठाउदै आईरहेको छ । पछिल्लो आर्थिक बर्षमा मात्र सो मन्दिरको पशुबध काटमार ठेक्का १५ लाख २७ हजार ७ सय २७ रुपैयामा ठेक्का लागेको थियो । संघले बुझाएको ज्ञापन पत्र बुझ्दै चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले नियमानुसार सो बिषयलाई छलफल गरीने बताएका छन् । ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष रुपेश पंडित स्थानिय बलराम राउत, सुकेन्द्र गोले, अनन्त लामा लगायत एक दर्जन बढीको उपस्थिति रहेको थियो ।