सुनसरी, २८ असोज । सुनसरीका एक युवा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा जेल चलान भएका छन् । सुनसरी रामधुनी १ का आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको हो । श्रीमतीले आशिषमाथी जबरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्रहरी वृत सातदोबाटोले यही असोज ९ गते उनलाई पक्राउ गरेको थियो । ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here