गरुडा,२९ असोज । रौतहट प्रहरीले गाजा सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ पानी टयाङकी स्थित कटहरीया भसेडवा पिच सडकखण्डमा चेकजाचको क्रममा प्रहरीले आधा किलो गाजा बरामद गरेको हो ।
कटहरिया नगरपालिका १ भसेडवा खोर टोल बस्ने तपसी दासको छोरा बर्ष २२ को संजय दासले आफ्नो झोलामा झुण्डयाई ल्याएको रातो रंगको झोला भित्र प्लाष्ट्रिकको थैलीमा लागु औषध गँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाले तराई एक्सप्रेसलाई जनाएको छ । पक्राउ परेकोले निजलाई पक्राउ गरी समानित रौतहट जिल्ला अदालत गौरबाट पहिलो पटक १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here