चन्द्रपुर,२९ असोज / चन्द्रपुर नगरपालिका क्षेत्रमा बजार अनुगमन हुन थालेपछि ब्यापारीको भागाभाग भएको छ । उपभोक्ता हित संरक्षण मञ्च रौतहट,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर,गुण तथा खाद्य नियन्त्रण कार्यालयको टोलीले गत आईतबार देखी चन्द्रपुर नगरका बजारमा अनुगमन थालेको थियो ।
बुधबार टोलीले चन्द्रपुर १० बालचनपुरमा बजार अनुगमन गर्न जादा ब्यापारीहरुले पसल बन्द गरेर भागेका हुन् ।
चाडबाड नजिकदै जादा चन्द्रपुर बजारमा म्याद नाघेका तथा गरणस्तरहिन समान बिक्रि गर्ने गरेको गुनासोका आधारमा बजार अनुगमनमा निष्कदा ब्यापारीले पसल बन्द गरेर भागेको चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साहले बताए । अनुगमन टोली बजार अनुगमनमा गएको थाहा पाएपछि स्थानीय बिरेन्द्र किराना पसलका संचालक सहितका केही ठुला ब्यापारीले सटर बन्द गरेर भागेको चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको भनाइ रहेको छ ।
चन्द्रपुर नगरपलिकाकी उपप्रमुख रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, दिल बहादुर चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमा साह, इलाका प्रशासन कार्यालय चन्द्रपुरका सुबा उपेन्द्र साह, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि सहितको टोलीले नगरका बिभिन्न बजारको अनुगमन गरेको छ । अनुमन गर्ने क्रममा चन्द्रपुर– ४ मेन चौकमा रहेको बिभिन्न किराना पसलहरुबाट म्याद गुज्रिएको जिरा, धनिया, दालमोठ, ज्वानो , पचफोरना, सेवई, सोप, धुलो खुर्सानि मसाला लगाएतका खाद्य समाग्रीहरु बरामद गरिएको छ । म्याद गुज्रिएको समाग्री फेला परेका पसल सञ्चालकहरुलाई चेतानी दिएर छाडेको र अर्काे पटक बजार अनुगमन गर्ने क्रममा त्यस्तो भेटिएमा कार्वाहीको दायरामा ल्याउने उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरेले बताएका छन् । म्याद गुज्रिएको फेलापरेको समाग्री बरामद गरी नगरपालिकाको कब्जामा राखिएको चन्ख्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साहले बताएका छन् । बजार अनुगमन सकेपछि बरामद भएको सबै समाग्री एक मुसठ नष्ट गरिने साहले बताए ।
