चन्द्रपुर,३० असोज ।
घरमुली अभिवावक थला परेको बर्षाै बित्यो । जायजेथाको नाउ“मा ऐलानी जमिनमा बनेको एउटा बा“सको टाटी भएको घरमात्र छ । उपचार गर्दागर्दै श्रीमतीले विदेशमा कमाएको ९–१० लाख रुपैयँ पनि सकियो । उनि कुष्ठरोगी हुन् । आर्थिक अभावमा औषधि खान छाड्न थालेको दुई वर्ष भयो । रोगले हात र खुट्टाका औंला झरेका छन् । निको भएको छैन झन रोगले च्यापिदै गएको छ । चन्द्रपुर नगरपालिका वडानम्वर २ स्थित रैयाटोलका ४१ वर्षीय शंकर परियारलाई एकपछि अर्को दुःखले पछ्याइरहेको छ । चार छोरीका बुबा उनको अवस्था दयनीय रहेको छ । अहिले उनलाई समस्याले गा“जेको छ । श्रीमानलाई कुष्ठरोगले गालेर थला परेपछि उनकी श्रीमती कमला परियार आजभन्दा ८ वर्ष पहिला विदेश जानुपरर्याे । विदेशमा कमाएको पैसा सन्तानका पढाई र उपचार खर्चमै सकियो । पाच वर्ष विदेशमा बिताएर गत फागुनमा नेपाल आएकी कमला अहिले घरमै छिन् । शंकरले लालगढ स्थित लेप्रोसी अस्पताल, विरगंज, काठमाडौं लगायत धेरै ठाउमा उपचारको प्रयास गरेपनि औषधीले कामै नगरेको शंकर परियार बताउछन् ।
श्रीमती विदेशमा हु“दा उनको देखभाल तथा स्याहार सुसार तीनजना नावालक छोरीहरुले गर्ने गरेका थिए । उनका चार छोरी मध्ये जेठी छोरी सुस्मिताको विहे भई घर रहेको र माईली छोरी विनिता, साहीली सरस्वती र कान्छी रोजिना सवै गाउकै सामुदायिक विद्यालयतहमा अध्ययनरत छन् । उनको आम्दानीको स्रोत भनेको अपाङता भत्ता वापतको रकम मात्र रहेको छ । उनी सामान्य रुपमा हिंड्डुल गर्छन ।
शौच गर्न र तलमाथि गर्न जटिल समस्या नहुने तर गाउ“घर डुल्न भने नसकेको उनको भनाई रहेको छ । शंकर परियार पहिला घर वनाउने मिस्त्री काम गर्थे । कमाई पनि राम्रै थियो । घरमा आर्थिक समस्या कमै पथ्र्याे तर अहिले परियार परिवारको आर्थिक अवस्था निकै कमजोर बनेको छ । विदेशमा कमाएको पैसा उपचार र छोरीहरुको लालनपालनमा सकियो । अलिअलि बाचेको पैसा पनि लकडाउनमा बसेर गर्जाे टार्दा रित्तियो । अहिले बिहान(बेलुका पकाएर खाने अन्न समेत घरमा छैन, उनकी श्रीमती कमला दुखेसो गरिन । उनले भनिन, ज्याला मजदुरी गर्न अवसर नभएकाले विदेशिनु बाहेक अरु उपाय छैन् । दुई चार रुपैया कतैबाट कमाइ गर्ने बाटो नै छैन यहँ“ । छिमेकीले दयाले दिने दुईचार मानाले कतिदिन थेग्छ र उनको गुनासो छ । उनको सम्पत्ति भनेको ढल्नै लागेको एउटा झुपडी र २ बटा खोरमा बाधिएका बाख्रा मात्र छन् । खेतीपाती नभएको सुकुम्वासी यो परिवारलाई आउदा दिनमा कसरी गर्जाे टार्ने समस्याले पिरोलेको छ । वर्षादमा पानी चुहिएर कैंयौ रात जाग्राम बस्नु परेको अनुभव सुनाछन शंकर । परिवारको अवस्थाबारे वडाध्यक्ष, नगरप्रमुख, उपप्रमुखलाई समेत जानकारी गराएर सहयोग गरीदिन भनेको भएपनि कतैबाट सुनुवाई नभएको परियार परिवारको गुनासो रहेको छ ।