गुजरा, १ कात्तिक । रौतहटको वनमा चोरी तस्करी रोकिएको छैन् । वन कर्मचारी तथा प्रहरीले दैनिक रुपमा तस्करी भईरहेको काठ बरामद गर्दै आएको छ । रौतहटको गजरा नगरपालिका अवैध सालको काठसहित एकजना पक्राउ परेका छन् ।
गुजरा– ५ का मुस्लिम मियां धुनिया १५ क्युफिट सालको काठसहित पक्राउ परेको चोंचा सव–डिभिजन बन कार्यालयका प्रमुख राजेश साहले बताएका छन् । राष्ट्रिय बनबाट अवैधरूपमा सालको काठ ल्याएर भण्डारण गरेको सूचनाको आधारमा शुक्रबार राति धुनियाको घरमा खानतलासी गर्दा उक्त परिणामको काठ बरामद भएको प्रमुख साहले जानकारी दिए । बरामद काठ र आरोपि मुस्लिम मियां धुनिया लाई चोंचा बन कार्यालयको नियन्त्रणमा राखेर थप अनुसंधान भइरहेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here