चन्द्रपुर,२ कार्तिक । ग्रिड डिजाईन कंसलटेन्स एण्ड ईन्जिनियरिङ प्रालिको शनिबार एक कार्यक्रमका बिच उद्धघाटन कार्यक्रम सम्पनन भएको छ । चन्द्रनिगाहपुरको देउराली चोकमा रहेको सो ग्रिड डिजाईन कंसलटेन्स एण्ड ईन्जिनियरिङ प्रालिको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले उद्धघाटन गरेका थिय । सो संस्थाका संचालक मक्सुद आलमको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत कृष्ण प्रसाद सिग्देल,ईन्जिनियर भरत प्रसाद श्रीवास्तव लगाएको आतिथ्यतामा उद्धघाटन कार्यक्रम सम्पन्न भएको थियो । सो कम्पनीले बिभिन्न घर तथा उद्योगको नक्सा बनाउने ,निर्माणको काम गर्ने घर लगाएतका काम गर्ने संचालक मक्सुद आलमले जानकारी दिए । चन्द्रपुर नगरक्षेत्रमा स्थापना भएको संस्थाले जिल्लामै उत्कृष्ट काम गर्नेमा आफु बिस्वस्त रहेको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बताएका थिय । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले संस्थाको उतरोत्तर प्रगतीको कामना गरेका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here