काठमाडौं, २ कार्तिक । भैरहवाबाट ओखलढुंगा जाँदै गरेको भ्यान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बा २० च ७१७१ नम्बरको भ्यान उदयपुरको कटारी नगरपालिकाको भदौरेमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परेर मृत्यु भएका पाँच जना मध्ये ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार जिप सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here