चन्द्रपुर,२ कार्तिक । मनलाग्दी पाराले खोलियका क्रसरका कारण जिल्लाको ग्रामिण भेगका बाटोहरु हिडनै नहुने भएकाछन् । चन्द्रपुर नगरपालिका वडानं ८ स्थित नजरपुर र अल्टोकीको बिचमा आस्रय निर्माण सेवाले खोलेको क्रसरमा ढुंगाजन्य बस्तु लिनजाने टिफरका कारण नहरको बाटोनै ध्वस्त भएको स्थानीयको भनाइ रहेको छ । सन्तपुरहुदै नजरपुर ,बलुवा ,चेतनगर लगाएतका स्थानमा जाने नहरको बाटोमा आस्रय निर्माण सेवाले संचालन गर्ने टिफरले बाटो भत्काउदा स्थानीयलाई आवत जावतमा समस्या भएको चन्द्रपुर १०का वडाअध्यक्ष जयराम चौधरीले जानकारी दिए । सो निर्माण सेवाको क्रसर समेत अबैध रहेको र अबैध रुपमा संचालित सो क्रसरमा रहेको ढुंगाजन्य बस्तु बोक्ने टिफरले नहरको बाटोमा ठुला ठुला खाल्डा बनाएका कारण नहरको बाटोमा चल्ने सवारी साधन कयौ पटक दुर्घटनामा परेको वडाअध्यक्ष चौधरीको भनाइ रहेको छ । नहरको मुलबाटो आस्रयको टिफरले आफै आफ्नै टिफर हिडन नसक्नेगरी भत्काएपछि पछिल्लो समय सन्तपुर र अल्टोकीको बिचमा रहेको जिरो प्वइन्ट हुदै सन्तपुर गांउ मेयरको गाउ जाने शाखा नहरको बाटो गाडी चलाएर सो बाटो समेत साईकल गुडन समेत नसक्ने गरी भत्काएको सन्तपुरका स्थानीय बासिन्दा बिनोद चौधरीले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । सो स्थानमा बाताबरणीय परर्यवेक्षण समेत नगराई नेपाली काग्रेस पार्टीको दम्भका आधारमा आश्रेय निर्माण सेवाले क्रसर संचालन गर्दा स्थानीयको स्वास्थ्यमा असर परेको छ ।

# सांकेतिक # तस्विर / सांकेतिक तस्विर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here