चन्द्रपुर,२ कार्तिक । सहकारीका नाममा ठगी गर्ने काममा रौतहटको चन्द्रपुरका शिक्षकहरुनै सक्रिय रहेको पाईएको छ । चन्द्रपुरको एक विद्यालयका प्रधानाध्यापक सहकारीका नाममा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा पुगेकाछन् । चन्द्रपुर नपा ६ मोथियाही स्थित श्री आधारभुत विद्ययालयका प्रधानाध्यापक लालबाबू कर्णले बिगत लामो समय देखी चन्द्र सुर्य बचत तथा ऋण सहकारी खोलेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका हुन । कर्ण चन्द्र सुर्य बचत तथा ऋण सहकारीका अध्यक्ष हुन । सो सहकारीमा अधिकांस संचालक समितिमा चन्द्रपुर नगरक्षेत्रका बिभिन्न विद्यालयका शिक्षकहरु रहेकाछन् । प्रहरीले सर्बसाधारणको उजुरीका आधारमा सहकारीका ब्यावस्थापकलाई समेत नियन्त्रणमा लिएको छ । बिगत लामो समय देखी किचलो रहदै आएको सो सहकारीका बिषयमा चन्द्रपुर नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले छानबिन गरिरहेको बेला सहकारीका अध्यक्ष र ब्यावस्थापक दुबैले सहकारीमा ताला लगाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनी अध्यक्ष भएको संस्थाले बचतकर्ताको बचत फिर्ता नदिने र सहकारीको मूल्य मान्यता बिपरित कार्य गर्दै सयकडा ३ देखि ६ रुपैया सम्म ब्याजमा संस्थाको नीति बिपरित मिटरब्याजमा पैसा लगानी गर्ने गर्ने गरेको र बिद्यालयको प्रधानाध्यापक भएको धाक धम्कि दिदै आर्थिक अपचलन गर्दै आएकाले पक्राउ परेको प्रहरी श्रोतले जनाएको छ । कर्ण यसअघि पनि बिद्यालयमा आएको दिवा खाजा कार्यक्रमको रकम हिनामिना गर्ने ब्यक्ती हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here