जनकपुर,३ कार्तिक । प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिनका लागि आन्तरिक तयारी थालेको छ । प्रदेश प्रहरी ऐन पारित भएको करिब डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिने तयारी सुरु गरेको छ । प्रदेश २ को मन्त्रिपरिषद् बैठकको निर्णयहरु आइतबार सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रक्रिया अविलम्ब सुरु गर्न लागेको जानकारी दिए । उनले छठ पर्व सम्पन्न भएलगत्तै प्रहरीमा भर्नाका लागि आवेदन आह्वान गर्ने जानकारी दिए । प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि संघीय प्रहरी ऐनसग बाझिने गरी प्रदेश २ को सरकारले प्रहरी भर्ना लिने तयारी थालेको हो ।
उनका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ । मन्त्रालयको सैद्धान्तिक सहमतिपछि मन्त्रिपरिषद्को बैठकमा प्रहरी भर्नाका लागि ठाडो प्रस्ताव लगेको भन्दै उनले छठपछि प्रक्रिया सुरु हुने स्पष्ट पारे । उनले यससाथै प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको जानकारी दिए । यस अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने, प्रदेश विपत व्यवस्थापन सम्बन्धी प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए । सो बिषयमा बिगत लामो समय देखी बिवाद हुदै आएको भएपनि अहिले आएर कुरा मिलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here