चन्द्रपुर,३ कार्तिक । गौर चन्द्रपुर मुख्यसडक बाहेक रौतहटको ग्रामिण सडकमा पहिलो पटक एक्सफाल्ट प्रबिधिको कालोपत्रे निर्माण भईरहेको छ । सगुन जेवी सगरमाथा निर्माण सेवाले बाल्चनपुर जंगलसैया सडकमा एक्सफाल्ट प्रबिधिबाट कालोपत्रे निर्माण गर्नलागेको हो । सघन सहरी कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिविजन कार्यालय बिरगंज बाट कुल १४ करोड रुपैयाको लगानीमा बाल्चनपुर देखी जंगलसैया सम्म १० किलोमिटर सडकमा उक्त प्रबिद्धि बाट कालोपत्रे निर्माण भईरहेको छ । १० किलोमिटर सडकमा कालोपत्रे टेण्डर रहेकोमा हालसम्म ७ किलोमिटरमा निर्माण भईसकेको र बाँकी ३ किलोमिटर कार्तिक महिना भित्रै पुरागर्ने सगुन निर्माण सेवाका संचालक कृष्ण खडकाले बताएका छन । कुल ७ मिटर चौडाई सडकमा कालोपत्रे गर्ने र दुबैतर्फ कालोपत्रे संरक्षणको निमित एक एक मिटर ग्रेभल राख्नुपर्ने योजना रहेको संचालक खडकाले जानकारी दिएका छन । प्राबिधिक कारणबस बाटो निर्माणमा यसअघि केही त्रुटीलाई सच्याउँदै पुर्णरुपमा सरकारी नम्स अनुसार स्तरियता साथ कालोपत्रे निर्माण भईरहेको खडकाले दाबी गरेका छन । संघिय सांसद प्रभु साहको पहलमा आएको उक्त योजनाको काम गत बैशाखमा पुरा हुनुपर्नेमा कोभिड १९ को महामारीको कारण मुलुकमा लकडाउन भएकाले निर्धारित समयमा कालोपत्रे निर्माणकार्य पुराहुन नसकेको निर्माण कम्पनीका ईन्जिनियर उतिमलाल दाशले बताएका छन । नेपालको सन्दर्भमा एक्सफाल्ट प्रबिद्धिको कालोपत्रे केही महंगो भएपनी राम्रो र टिकाउ हुनेगरेको ईन्जिनियर दाशले जानकारी दिएका छन । गौर चन्द्रपुर मुख्य सडकखण्ड पछी पहिलो पटक ग्रामिणभेग अर्थात बाल्चनपुर जंगलसैया सडकमा एक्सफल्ट प्रबिद्धि बाट कालोपत्रे भईरहंदा स्थानियहरु हर्षित बनेका छन । गुजरा नगरपालिकाका नेपाली कांग्रेसका सभापती कुमार चौलागाँईले उक्त सडकखण्डमा कालोपत्रे निर्माण पछी आवत जावत सहज हुनुका साथै सो क्षेत्रमा ब्यापार ब्यवसाय बढने र उधोग निर्माणको सम्भाब्यता बढेको बताएका छन । सामान्य प्रबिद्धिको कालोपत्रे गरेको एकदुई बर्षभित्रै भत्किने समस्या भईरहेको अवस्थामा उच्च प्रबिधिबाट कालापत्रेहुनु आफैमा सराहनिय काम भएको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले बताएका छन । बाल्चनपुर जंगलसैया सडक निर्माण पछी सो क्षेत्रका कटहरिया, गुजरा,फतुवा बिजयपुर,बृन्दाबन नगरपालिकाका साथै बारा र सर्लाहीका मानिसलाई कलैया,बिरगंज,सिमरा एयरपोर्ट सम्म आवतजावत गर्न हजारौं मानिसलाई सहजहुने स्थानियहरुले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here