चन्द्रपुर,३ कार्तिक । चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर नगरपालिका अगाडीको सडक पिच गर्नुपर्ने माग राख्दै स्थानीयले नगरपालिका कार्यलय अगाडी चक्का जाम गरेकाछन् । बिगत लामो समय देखी नगरपालिका अगाडीको सडक पिच नभएका कारण धुलोका कारण समस्या उत्पन्न भएको भन्दै स्थानीयले आईतबार दिउसो सडक जाम गरेका थिए । सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुर ले सो सडक पिचका लागि ठेक्का दिएको भएपनि ठेकेदारले समयमा काम नगरेका कारण स्थानीयले सास्ती खेप्नु परेको थियो । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सो सडक बनाउने काम नगरपालिकाको कार्यक्षेत्र भित्र नपर्ने बताएका थिय । नेपाली काग्रेस स्थानीय युवा नेता नरेश लामिछानेको नेतृत्वमा भएको सडक जाम खुलाउन संघिय सांसद देवप्रसाद तिमलसिनाले पहल गरेका थिय । सांसद तिमलसिना र चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सम्बन्धीत निकायमा कुरा गरेर पहिला चन्द्रपुर नगरपालिका अगाडीको सडक पिच गर्न पहल गरेपछि सडक जाम खलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here