यमु शर्मा सुब्बा

संसद सद्स्स्य ले मात्रै दशैँ भत्ता फिर्ता किन ? यो स्वोविचार ले व्यक्ति गत रुप मा गर्न चाहेका र गर्न सक्ने ले मात्र गर्नु पर्ने कुरा हो न कि मन नलागी नलागी , नसकी नसकी पनि आलोक प्रिय भइन्छ भनेर डर मानी फिर्ता गर्नु पर्ने बाद्द्यात्मक परिस्थिति मा ।कि सरकार ले पहिलेनै यो बर्ष भत्ताको ब्यबस्था नगर्र्नु पर्ने थियो । सरकारी कर्मचारी को पनि भत्ता नहुने ब्यबस्था गरियको भय राम्रो हुने थियो। निजी बैंक जसले राष्ट्र बैंक को पैसा चलाउछ तिनका CEO हरु जो सांसद भन्दा ३ गुना बढी तलब लिन्छन तिनले पनि एक महिना को तलब को केहि प्रतिसत स्वोयाच्छिक रुपमा कोरोना पिडित को कोष बनाई सहयोग गरी उदारहण कायम गरे हुने।यो लेखि रहदा म जस्तो सामन्न्य आर्थिक हैसियत भयको मानिसले पनि केहि रकम सहयोग गरे हुने , तर मैले सोचे जति गर्न सकेकी छैन किनकि म मा त्यो क्षम्मता छैन अहिले र यसमा मलाई संकोच छैन किनकी यो मेरो बास्तबिकता हो। बिदेशी राजदुता बास बाट दशैको उपहार लिने पत्रकार ले जन प्रतिनिधि त्यो पनि राष्ट्रिय राजनीति मा बिशेष पहिचान बनयाका सांसद लाई किन दशैँ भत्ता लिइस भनेर हप्कयाको देख्दा उदेक लाग्ने। जाबो होटल मा कार्यकर्ताले बसी खायको बिल र अलि कति दशैँ खर्च पनि दिन नसक्ने सांसद पनि के सांसद , अर्को चोटी चुनाब मा देखाई दिउला भन्ने उनकै कार्यकर्ता हरु धम्कि बाट निरही हुने सांसद , तिहार मा भैली खेल्न जादा मनग्य उपहार र चन्दा दिन नसक्ने सांसद पनि के सांसद भनेर भन्ने हरुलाई खुसी पार्नु पर्ने चिन्ता लिने सांसद ।यस्ता चिन्ता र डर बाट ग्रसित हुनु पर्ने सांसद बाट मात्रै किन भत्ता खोसिनु पर्ने ? १० मिनट को काम लाई १० वोटा कोठामा रिगायर १० दिन लगाईदिने हाकिम साहेब हरुको पनि एक चोटी को मात्र भत्ता कटायर उहाहरुलाइ पनि चोख्याई महान राष्ट्र सेवक भनेर प्रशंसा गर्ने हो कि ? किनकि हामी त प्रशंसा गर्नु परे यसरी गर्छौ कुनै शब्दै बाँकी रहदैन र आलोचना गर्नु परे शब्द कोष मा नै नभय का शब्द पनि प्रयोग गर्दछौ , बिशेष गरि सामाजिक संजालमा। त्यसैले सवाल तलब को होइन सवाल काम को हो सवाल भत्ता को होइन , सवाल नीति निर्माण को हो। सांसद ज्यू हरु को पनि परिवार हुन्छ , दैनिकी खर्च हुन्छ , जिल्लामा आवत जावत हुन्छ त्यसैले सम्स्या ऊहाँ हरुले लिने तलब को होइन सम्स्य्या हो उहाँ हरुले गर्नु पर्ने काम प्रबाभ करी ढंगले नभयको । आफ्नै पार्टीका मन्त्रि हरुले भ्रस्टाचार गर्दा बोल्न नसक्नु , प्रतिनिधि साभा का सदस्य हरुले कानुन तथा निंति निर्माण को काम भन्दा मन्त्रि बन्न र अर्को चोटी को संसद को टिकट को सुनिस्चिता को लागि आफ्ना सिर्सस्थ नेताको चाकडी गर्न समय खर्चिने, चुनाब हारिन्छ कि भन्ने डर ले ठेकेदार र अपराधिक समूह लाई पनि रिझाउन पर्ने। सांसद ज्यू हरु तपाई हरु यति धेरै बाद्द्यात्मक परिस्थिति मा हुनु हुन्छ अनि कसरि जनता को लागि काम गर्न सक्नु हुन्छ ? सबै भन्दा पहिले त्यो बाध्यता हटाउनु होस अनि मात्र काम गर्न सक्नु हुन्छ। बस्ताब मा भन्ने हो भने यो बाद्द्यता सांसद ज्यु हरुले आफै बनाउनु भयको हो किन भने मन्त्रि पदको राप र ताप संग तपाई हरुको मोह छ अनि चुनाब लडे पछी कुनै हालतमा पनि जित्नै पर्छ भन्ने दबाब, साम दाम दंड भेद सबै प्रयोग गरेर भय पनि जित्ने पर्ने ।माननीय ज्यु हरु मन्त्रि बन्नै पर्छ भन्ने छैन , मन्त्रि नबन्दा पनि तपाइको व्यक्तित्त्व मा कुनै कमि आउदैन। अमेरिकामा मन्त्रि भन्दा सिनेटर को गरिमा बढी हुन्छ, सायद अमेरिकी लोकतान्त्रिक प्रणाली नै फरक भयर भन्नुहोला तर नेपाल मै पनि प्रदिप गिरि लाई हेर्नु होस उहाँ चाहेको भय मन्त्रि त के प्रधानमन्त्री कै दौड मा पनि हुन् सक्क्नु हुन्थ्यो। मन्त्रि नभय पनि उहां को भूमिका कम प्रबाभकारी छैन । उहाँले विषम परिस्थिति मा पनि चुनाब जित्नु भयो किनकि उहामा चुनाब लडे पछि जित्नै पर्छ बन्ने दबाब थियन। कहिले काही आफ्नो पार्टीको भन्दा फरक विचार राख्ने हिम्मत पनि गर्नु हुन्छ किनकि उहाँ लाई कसैलाई रिझाउनु पर्ने छैन। सांसद यसरि पनि बन्न सकिन्छ।अधिकांस प्रत्यक्ष चुनाब जितेर आउने प्रतिनिभी सभा का सद्स्स्य हरु संग लोक तन्त्रका लागि लडेको लामो इतिहास छ, जन युद्ध मा भाग्ग्य बस बाँचेका पनि हुनुहुन्छ। आज मैले उहाँ हरुको निस्फिक्री यसरी बिरोध गरेर लेख्ने अधिकार पाउन मा पनि उहाँ हरुकै योगदान छ। यसरी पन्च्यात को निरंकशुता संग नडरायका निडर सांसद ज्यु हरु , जन युद्ध मा सेनाको गोलि लाई हत्केला ले छेक्न आँट भयका माननीय ज्यु हरु आज यति निरही त्यो पनि आफ्नै सिर्सस्थ नेता को अगाडी। जब जब भ्रस्ट कर्मचारी हरु , बिभिन्न माफिया हरु तपाई हरु को खिल्ली उडाउछन अनि तपाई हरु मौन बस्नु हुन्छ लाग्छ लोकतन्त्र कै खिल्ली उडीरहेछ। लोकतन्त्र मा बिस्वाश गर्ने ति आम जनता जसले तपाई हरुलाई मत दिय लाग्छ ,त्यो जनमत को पनि खिल्ली उडी रहेकोछ। तपाई हरुको संघर्ष ले लोकतन्त्र आयो त्यो तपाई हरुको सफलता हो यसमा गर्ब गर्नु पर्छ त सांसद को टिकट पाय मात्र सफल , टिकट पाय पछि चुनाब जिते मात्र सफल अनि चुनाब जिते पछि मन्त्रि बने पछि मात्र राजनैतिक जिबन सफल हुन्छ भन्ने मान्यता राख्दै जादा सिंगो प्रणाली नै असफल हुने अवस्था आउन थालेको छ। जब सम्म यो व्यक्तिगत सफलता र असफलता को भय रुपी तराजु आफ्नो मनस्थिति बाट हटाउनु हुन्न तब सम्म तपाई हरु यसरी नै सरकार बनाउने संख्या मा मात्रै गिन्ती भयर भूमिका बिहिन सांसद हुनु हुनेछ र यसरी भूमिका बिहिन हुने संरचना मात्रै होइन संस्कार नै बस्नेछ। र यो संस्कार मा आशा लाग्दा माननीय राम कुमारी झाक्री , गगन थापा होस या विश्व प्रकाश शर्मा सबैको हबिगत यस्तै हुनेछ। मैले यो लेखि रहदा यो लेख को शिर्षक मात्रै हेरी मलाई गाली गरेर धेरैले कमेन्ट पनी गर्नु हुन्छ होला तै पनि यो मन मा लागेको भयर लेखेकी छु किनकि मैले केहि अपेक्षा राखेर लेखिरहेको छैन। क्षणिक लोक प्रियता को लागि मानिस ले जे पढदा खुशी हुन्छन तेही लेख्यो भने त तपाइले आफ्नो आत्माको कहिले सुन्नु हुन्न। तपाई हरुकै योगदान ले दिलायको स्वतन्त्रता ले म जस्ता सामान्य नागरिक लाई यसरि लेख्ने आँट दिलायको हो। त्यसैले माननीय ज्यु हरु निडर भयर अन्नाय र बेतिथी को बारेमा स्वतन्त्र भयर संसद मा बोल्नु होस्। बिशेष गरि संसदीय समिति ले आफु अन्तर्गत का मन्त्रालय हरुलाई नियमन गर्नुहोस। हरेक संवैधानिक नियुक्ति हरुको प्रभाबकारी सुनुवाई होस।आबस्यक परे सरकारका सिफारिस लाई निस्पक्ष भयर रोक्ने हिम्मत राख्नु होस। लोकमान सिंह कार्की प्रकरण जस्तो नहोस। प्रतिनिधि सभा सद्स्स्य हरुले आफ्नो चुनाबी क्षेत्रको भौतिक बिकास का काम लाई भन्दा समस्त देश को नीति निर्माण मा तल्लिन हुनु होस र हामी जनता पनि भौतिक विकास का काम संघीय सरकार भन्दा स्थानीय सरकार र प्रदेश सरकार संग अपेक्षा राखौ। मानिय ज्यु हरु इमान्दार , निडर , र निर्धक्क भयर आफ्नो भूमिका प्रभाब कारी ढंगले निभाउनुहोस। नत्र भने यसरी सधै तपाई हरुको तलब र भत्ताको कुरा आउनु भनेको अशोभनीय देखिन्छ र यसले संसद को गरिमालाई कम्जोर बनाउछ र व्यवस्था बिरोधि गतिबिधि लाई थप मल जल मिल्ने छ । तपाई हरुको असफलता ले ब्यबस्था लाई नै असफल बनाउने छ।

(लेखक यमु शर्मा मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रीय अध्यक्ष हुन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here