चन्द्रपुर, ५ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको अगुवाइमा बजार अनुगमन गर्दा भेटिएको अखाद्यय बस्तु बरामद गरी मंगलबार नष्ट गरेको हो । चन्द्रपुर नगरपालिकाका बिभिन्न बजारहरुमा अनुगमन गर्दा भेटिएको म्याद नाघेको करिब १ लाख ९८ हजार मुल्य बराबरको बिभिन्न किसिमको समान नष्ट गरेको चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत मिश्रीलाल साहले जानकारी दिएका छन । उपभोक्ता हित संरक्षण मञ्च रौतहट,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर,गुण तथा खाद्य नियन्त्रण कार्यालयको टोलीले गत आईतबार देखी चन्द्रपुर नगरका बजारमा अनुगमन थालेको हो । चाडबाड नजिकदै जादा चन्द्रपुर बजारमा म्याद नाघेका तथा गुणस्तरहिन समान बिक्रि गर्ने गरेको गुनासोका आधारमा बजार अनुगमन चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीले बताएकी छिन । चन्द्रपुर नगरपलिकाकी उपप्रमुख रामरती चौधरी, चन्द्रपुर नगरपालिकाका अधिकृत मिश्रीलाल साह, उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, सर्लाहीका प्रमुख जगत प्रकाश चौधरी, दिल बहादुर चौधरी, चन्द्रपुर उद्योग वाणिज्य संघका महासचिव सुनिल कुमा साह, इलाका प्रशासन कार्यालय चन्द्रपुरका खरदार उपेन्द्र यादब, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रतिनिधि सहितको टोलीले नगरका बिभिन्न बजारको अनुगमन गरेको थियो । अनुमन गर्ने क्रममा बिभिन्न किराना पसलहरुबाट म्याद गुज्रिएको जिरा, धनिया, दालमोठ, ज्वानो , पचफोरना, सेवई, सोप, धुलो खुर्सानि मसाला लगाएतका खाद्य समाग्रीहरु बरामद गरिएको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरेले जानकारी दिएका छन । म्याद गुज्रिएको समाग्री फेला परेका पसल सञ्चालकहरुलाई चेतानी दिएर छाडेको र अर्काे पटक बजार अनुगमन गर्ने क्रममा त्यस्तो भेटिएमा कार्वाहीको दायरामा ल्याउने अध्यक्ष घिमिरेले बताए ।उपभोक्ताहरुको माग अनुसार अनुगमनलाइ निरन्तरता दिनुपर्ने चन्द्रपुर उद्योग बाणिज्य संघका महासचिब सुनिल साहले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here