रौतहट,७ कार्तिक । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतका कर्मचारीले काठ तस्करीमा प्रयोग भएको साइकलमा समेत रकम असुल गरेर साइकल छाडेकाछन् ।
सव डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीले वनमा काठ चोर्न छिरेका ६ थान साइकल बरामद गरेर दुइ हजारका दरले १२ हजार असुल गरेर ६ हजारको रसिद थमाएर साइकल र मान्छे छाडेकाछन् ।
सो कार्यलयका कर्मचारी शम्भु महतोले ६ हजार आफुले लिएर ६ हजारको रसिद काटेर काठ चोरीका प्रयोग हुने साईकल छाडेको एक वन कर्मचारीले बताए । पछिल्लो समय वन कर्मचारीका कारण जिल्लाको वनमा ब्यापक हानी नोक्सानी हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here