चन्द्रपुर, ८ कार्तिक । इताजाखबर डटकमको शुभारम्भ कार्यक्रम एक कार्यक्रम बीच सम्पन्न भएको छ । एक युगमा एक पटक आउने बिशेष दिनको शुभ मुहुर्त पारेर १० वटा सातको संयोग परेको अवसरमा शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रम पत्रकार महासंघ रौतहटका संस्थापक अध्यक्ष शिव पुरीको प्रमुख अतिथ्यतामा भएको शुभारम्भ कार्यक्रम ७७ साल ७ औं महिना ७ गते ७ बजेर ७ मिनेटमा शुभारम्भ गरिएको थियो । उक्त ताजा खबरले ७ प्रदेश ७७ जिल्ला सहित बिश्वका सातै महादेशको खबर संप्रेशण गर्ने संकल्प सहित संचालनमा ल्याउन लागिएको संचालक सन्तोष काफ्लेले तराई एक्सपेसलाई बताए । चन्द्रनिगाहपुर स्थित होटल ए.एन. प्लाजामा आयोजित कार्यक्रममा पत्रकारहरु संजय कार्की,फणीदेव महत,सुब्वा कार्की,समिर नेपाल,सागर हुमागाई,राकेश यादव तथा समाजसेबि गंगा ठोकर, सुरेन्द्र सापकोटा,पार्वती मैनाली, श्यामहरी चौलागाई,गोपाल हुमागाई लगायतकाको उपस्थिति रहेको थियो ।