समनपुर, ८ कार्तिक । गढिमाई नगरपालिकाले आचरसंहिता बिपरित कार्य गरेको भन्दै तिन जना कर्मचारीलाई निलम्वन गरेको छ । नगरपालिकाले सिभिल ईन्जिनियर दिपेन्द्र कुमार यादव, सिभिल सव ईन्जिनियर पप्पु यादव र कमलेश कुमार पटेललाई निलम्वन गरेको हो । कर्मचारीले पालना गर्नु पर्ने आचरसंहिता बिपरित कार्य गरि कार्यालयलाई बदनाम गराउने मनसायले सामाजिक संञ्जालमा सूचना प्रवाह गरेको हुँदा निलम्वन गरिएको गढिमाई नगरपालिकाको कार्यालयले जनाएको छ । कार्तिक ६ गते देखि लागु हुने गरी कार्यालयबाट हुने अन्तिम छानविन र अनुसन्धान प्रक्रिया पूरा नहुञ्जेल सम्मका लागि निलम्वन गरेको जनाईएको छ । गढिमाई नगरपालिका वडा नं. ५ का वडा कार्यालय उपभोगतmा समिति र नगरपालिकाका प्रविधिक शाखाका कर्मचारीहरु बिच विवाद हुँदा तिन सदस्य छानविन समिति गठन गरिएको थियो । छानविन समितिले सम्वन्धित कर्मचारी ÷व्यतिm संग प्रत्यक्ष भेटघाट, अन्तवार्ता र स्थलगत निरिक्षण गरि बनाईएको प्रतिवेदन गढिमाई नगरपालिकामा बुझाएको छ । प्रतिवेदनका राय अनुसार तिन जना कर्मचारीलाई कानुन बमोजिम निलम्वन गर्न सिफारिस गर्दै स्प्रष्टिकरण लिई आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ ।