चन्द्रपुर, ८ कात्तिक । चाडपर्वको समयमा जिल्लाको स्थानीय तहका कर्मचारी तथा शिक्षकले तलब नपाएको गुनासो गरेका छन् । स्थानीय तहको पहिलो चौमासिकको रकम निकासा गर्न नसक्दा राजदेवी, बौैधीमाई, देवाहीगोनाही, कटहरिया, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरुले तलब पाउन नसकेका हुन् । चालू आर्थिक वर्ष २०७७÷ ०७८ को लागि पालिकाहरुले सभा सम्पन्न गरी योजना बाँडफाँड गरेका कार्यहरु सुत्रमा अभिलेखिकरण गरेर प्रमुख कार्यकारी अधिकृतलाई लिखित रुपमा अख्तियारी दिनुपर्ने स्पष्ट प्रावधान छ । उक्त प्रावधानको पालना नगर्दा निकासा दिन नसकिएको कोष तथा लेखा नियन्त्रणको कार्यालय गौरले बताएको छ । तर प्रक्रिया पुरा गरेका गौर, चन्द्रपुर, गरुडा, राजपुर, मौलापुर, इशनाथ, गढीमाई, वृन्दावन, माधवनारायण र परोहा नगरपालिकाको निकासा समयमै भएको निमित्त प्रमुख कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here