रौतहट,९ कार्तिक । चन्द्रपुर नगरपालिकाको घोडिदेवी मन्दिरमा बली दिनेको भिड लागेको छ । दसैको महाअष्टमीका दिन आज बिहानैबाट घोडीदेबी मन्दिरमा पशु बली दिनेको भिड लागेको हो । भक्तजनको चाप हुने भएका कारण मन्दिरमा बिहानै बाट पालैपालो बलिदिनका लागि लाइन बसाईएको मन्दिर संचालक समितिका अध्यक्ष बलिराम चौधरीले तराई एकसप्रेसलाई बताए । अन्य बर्षको तुलनमा यस बर्ष मन्दिरमा भक्तजनको भिड लागेको चौधरीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here