चन्द्रपुर,९ कार्तिक । कोरोना महामारीमा प्रशासनले मठमन्दिर तथा शक्तिपीठमा हुने भीडभाड हुन नदिने निर्णयको सर्वत्र उलंघन भएको छ । मठमन्दिर तथा शक्तिपीठहरुमा खचाखच भिडको साथै मेला आयोजन समेत भएको हो । प्रशासनको नियमको धज्जी उठाउँदै प्रायः ठाउँहरुमा भीडभाडसंगै आरकेस्ट्रा प्रोग्राम समेत आयोजन भएको छ । नेपालमा दैनिक रुपमा हजरौंको संख्यामा कोरोना संक्रमित थपिदै गइरहेको छ । तर भीडभाडमा नियन्त्रण नहुनाले अवस्था कोरोना संक्रमण फैलिएर सम्भावना बढेको छ । प्रदेश २ का जिल्लाहरुमा प्रहरी प्रशासनकै अगाडी खुलेआम हजारौंको भीडभाड तथा नाच प्रोग्रामहरु भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here