गुजरा, १० कार्तिक । रौतहटको गुजरामा एक चोककको बिषयमा विवाद हुदा झडप भएको छ । रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर १ र ७ को बीचमा पर्ने एकक चोकको नाम राख्ने विषयमा दुई वडाका युवाहरुबीच विववाद भएको थियो । विवादले उग्र रुपम लिएपछि झडप भएको छ । झडप नियन्त्रण बााहिर गएपछि प्रहरीले नियन्त्रण गर्नका लागी हवाइ फायर गर्नुका साथै अश्रुग्यास समेत प्रहार गर्नु परेको छ । झडपमा परि एक दर्जनभन्दा बढी घाइते भएका छन । विगत १० वर्षदेखि मनहरा र परसवा गाउँको बीचमा रहेको चोकलाई परसवा चोकको नामले चिनिदै आएको छ । हरेक बर्ष दसैँमा यस चोकको नामलाई लिएर विवाद सिर्जना हुने गरेको स्थानियको भनाइ रहेको छ । मनरहवा गाउँका मानिसहरुले चोकको नाम मनरहवा चोक राख्नुपर्ने बताउँदै आएका छन ।

फाइल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here