बिजयपुर, १० कार्तिक । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले रौतहटको फतुवा विजयपुर नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै बताएका छन । नगरपालिकाद्वारा बकैया खोलाको वालुवा गिट्टीको कर बापत हरेक बर्ष करोडौं रुपैयाँ उठे पनि नगरपालिकाको खातामा शून्य रहेको सांसद साहले बताएका छन । दशैं, दिपावली तथा छठको अवसरमा आज फतुवा विजयपुर नगरपालिकाको बैरगनिया, हर्षाहा, दुधिअवा र भैसहीमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा नगरपालिकाको भ्रष्टाचारबारे नगरवासीले गुनासो गरेपछि यस विषयमा आफुलाई जानकारी प्राप्त भएको उनले स्पष्ट परेका छन । वालुवा गिट्टीको करोडौं रुपैयाँ नगरप्रमुखको खराब नियतका कारण नगरपालिकाको खातामा नआउनु दुर्भाग्यपूर्ण छ उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन । साथै कोरोना नियन्त्रणको खर्च अपारदर्शी हुनु, र कामै नगरी फर्की कागज बनाएर रकम निकासा गर्नु जस्ता आश्चर्यलाग्दो रिपोर्ट प्राप्त हुनु समग्र व्यवस्थाको लागिको पनि चुनौतिको विषय हो सांसद साहले लेखेका छन । असत्यमाथि सत्यको विजयूको प्रतिकको रुपमा रहेको बडा दशैंको शुभ अवसरमा यी र यस्ता कार्यहरु धरासायी हुने विश्वास व्यक्त गर्दछु भनेका छन । त्यसैगरी पूर्वमन्त्री समेत रहेका प्रभु साहले अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने र खुला सभा सम्मेलन गर्न नदिने राजावादी भुतहरुले कार्यक्रम विथोल्न विभिन्न गाउँबाट विभिन्न पार्टीका मान्छे बोलाएर षडयन्त्र गर्दा नागरिकले प्रतिकार गरी विफल तुल्याएको प्रष्ट परेका थिए । ती राजावादी प्रतिगामीहरु पथरा गाउँको फोरम पार्टीको लखिन्द्र यादव, सोनरनियाका वडाध्यक्ष राजपाका वसन्त यादव, बैरगनिया गाउँका कांग्रेसका पप्पु यादव हुन् । र यी राजावादी भुतहरुको सरदार कथित कम्युनिष्टको खोल ओढेकोरामप्रवेश यादव हुन् उनले बताए । अहिलेको गणतन्त्र नेपालमा स्वतन्त्र रुपमा बोल्न नदिने हिसाबले गरिएको यी भुतहरुको यस्ता हर्कत किमार्थ स्वीकार्य हुन सक्दैन । ुअसत्य माथि सत्यको विजयुको प्रतीकको रुपमा दशैं मनाउदै गर्दा ती प्रतिगामीहरुलाई तिरस्कार गरेर मर्यादपुरवासीले पुनः एक पटक असत्यमाथि सत्यको विजय गराएको सांसद साहले बताएका छन । शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,फतुवा बिजयपुरकी उपप्रमुख कान्ति महतो,नेकपा प्रदेश कमिटी सदस्य द्वय मनोज यादव ,त्रिभुवन साह,नेकपा नगर कमिटी सभापति अजय तिमल्सिना , मेयर प्रत्यासी सुरेन्द्र यादव लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here