चन्द्रपुर, ११ कार्तिक । टीकाको आज दोश्रो दिन । आज पनि रौतहटमा आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । कोरोना महामारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभएपनि मान्यजनहरुबाट टिका थाप्नेको चहलपहल रौतहटमा सामान्य देखिएको छ । महामारीका कारण तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी परम्परा मान्नु पर्ने बाध्यता आम नागरिकको रहेकाले रौतहटका नागरिकहरुले पनि सोही अनुसार टीका ग्रहण गर्ने क्रम आज पनि जारी राखेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here