गौर, १२ कार्तिक । दशैं, दिपावली र छठ पर्वको अवसरमा रौतहटको विभिन्न गाउँमा मंगलबार जनता समाजवादी पार्टीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य एवं संघीय सांसद पूर्वमन्त्री माननीय अनिल झाको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य एवं कृषि राज्यमन्त्री योगेन्द्र यादवको विशिष्ट आतिथ्यमा जिल्लाको राजदेवी नगरपालिका ४ बसतपुर लगाएतका ठाउँमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संघिय सांसद अनिल झाले कम्युनिष्ट सरकारको पालामा देशमा हत्या, हिंसा, बलात्कार जस्ता घटना बढनुले यो सरकार पुर्ण रुपमा असफल भएको बताएका छन । यो सरकारको पालामा प्रत्येक क्षेत्रमा भ्रष्टाचार नै भ्रष्टाचार भइरहेको र यसतो अवस्थामा जनताले सरकारबाट गरेको आशा निरासामा परिणत भएको पुर्व मन्त्री समेत रहेका सांसद अनिल झाले बताए । कम्युनिष्ट सरकारबाट देशमा समृद्धि र विकास असम्भव रहेकोले देशको चौतर्फि विकास र जनताको जिउ धनको रक्षाका लागि जनता समाजवादी पार्टीको कुनै विकल्प नरहेको सांसद झाले बताए । कार्यक्रममा बोल्दै अर्का प्रदेश सांसद एवं जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले आउँदो निर्वाचनमा जनता समाजवादी पार्टीले देशको बैकल्पिक शक्तिको रुपमा उदय हुने बताएका छन । देशको समग्र विकास र समृद्धिका लागि अब जसपाको विकल्प नरहेको राज्य मन्त्री यादवले बताएका छन । आउँदो निर्वाचनमा जनता समाजवादी पार्टी देशकै सबैभन्दा ठुलो शक्ति बन्नेमा आफु पुर्ण रुपमा विश्वस्त रहेको समेत राज्य मन्त्री यादवले बताए । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका राज्य मन्त्री योगेन्द्र यादवले केन्द्र सरकार प्रदेश २ सरकारलाई विभेद गरिरहेको बताएका छन । केन्द्र सरकारले अरु प्रदेशलाई बढी बजेट दिरहेको र सबभन्दा पछाडी परेको प्रदेश २ लाई अन्य प्रदेश भन्दा बढी बजेट दिनुपर्नेमा झन थोरै बजेट दिएर विभेद गरेको राज्य मन्त्री यादवले बताए । कार्यक्रममा प्रदेश सांसद बाबुलाल साह, जसपाका केन्द्रिय सदस्यद्वय अनिल सिंह, लिला साह, कमलेश सिंह, संघीय परिषद सदस्य विन्देश्वर यादव, जसपाका नेता एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल लगाएत जसपाका प्रभावशाली युवा नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here