बीरगञ्ज, १२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै पर्साको बीरगञ्जमा बुधबार पनि प्रदर्शन जारी छ । पर्सामा एक साताअघि नेकपा कार्यकर्ता चौरसियाको हत्या भएको थियो । विन्दवासिनी गाउँपालिकामा नेकपाको गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा विवाद हुँदा पार्टीभित्रै दुई समूहबीच झडप भएको थियो । हिंसात्मक झडपमा स्थानीय मुकेश चौरसिया गम्भीर घाइते भएका थिए । नेकपाका पर्सा जिल्ला सदस्य एवं विन्दवासिनी गाउँपालिका पार्टी कमिटीका सचिव चौरसियाको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको थियो । उनको हत्या भएको एक साता बित्दा पनि प्रहरीले घटनाविरुद्धको जाहेरी दर्ता गर्न नमानेको परिवार र आन्दोलनकारी पक्षको दाबी छ । कात्तिक ६ गते वीरगन्जदेखि करिब ९ किलोमिटरको दूरीमा विन्दवासिनी गाउँपालिकामा पार्टीको गाउँपालिका एकाइ कमिटीका पदाधिकारीलाई शपथ ग्रहणका लागि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पूर्वएमाले र पूर्वमाओवादीबीच बढेको विवादले हिंसात्मक रुप लिएपछि चौरसियाको हत्या भएको प्रहरीको भनाइ छ । घटनापछि पीडित परिवारले मुकेशको हत्यामा संलग्न व्यक्तिहरुको नामै किटेर जाहेरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुगे पनि दर्ता गर्न नमोपछि पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here