चन्द्रपुर,१३ कार्तिक । कोरोना भाइरस संक्रमणका कारण रौतहटमा थप एक जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट उपचारका क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा बिहीबार बिहान चन्द्रपुर ५ स्थीत चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ । यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । मिर्गौला रोगी महिलालाई उपचारका लागि यही कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलन पछि बुधबार दिउँसो मृत्यु भएको थियो । पिसिआर रिपोर्ट भने राति मात्र आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here