जनकपुरधाम १३ कात्तिक । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्रहरु धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात ब्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालय देखि झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाहरूले फेला पारेका हुन । उनीहरुले लाइसेन्सहरु संकलन गरेर यातायात कार्यालयलाई नै दिएका छन । यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परे पछि कार्यालयको सुरक्षामाथि प्रश्न उठेको छ । यातायात कार्यालय जनकपुरधामका अधिकृत विरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै ३ सय थान जति लाइसेन्स मात्रै भेटिएको बताए ।
कोहि कर्मचारीले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्ने बताउँदै उनले यस बारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए । यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच रहको र दलाल बिचौलियाहरु लाइसेन्स सहितका कागजात बोकेर आफूखुसी ओहोर दोहोर गर्दै आए पनि यातायात कार्यालयका कर्मचारीहरु भने मुकदर्शक बन्ने गरेको सेवाग्राहीहरुको अरोप रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here