सर्लाही,१३ कार्तिक । चोरीको आशंकामा जनप्रतिनिधिबाटै एक युवक मरणासन्न हुनेगरी कुटिएका छन् । सर्लाहीमा मेला हेर्न गएका एक युवकलाई वडाध्यक्षले नै चोरीको आशंकामा मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ मा स्थानीयहरु रामचन्द्र सुडी र भरत महतो सुडीसँगै वडाध्यक्ष अमिरिलाल साहले गत सोमबार राति मेला हेर्न गएका सोही स्थानका एक युवकलाई कुटपिट गरेको दलित अगुवा पच्चु माझीले बताए ।
चोरीको आशंकामा १९ वर्षीय युवक गोविन्द माझीलाई हात खुट्टा बाँधेर अशोकको रुखमा झुण्ड्याएर कुटपिट गरेको र करेन्टसमेत लगाइएको माझीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here