कटहरिया,१४ कार्तिक । रौतहटको कटहरियामा प्रहरीले गोलिया काठसहित मोटरसाइकल बरामद गरिएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर १ खोर टोल स्थित गर्जा नदीको पुल किनाराको भित्री सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलमा वन क्षेत्रबाट काठको गोलिया ल्याइरहेको विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय गरुडा मातहतका प्रहरी गस्ति टोली खटि जादा प्रहरी टोलीलाई देख्नासाथ काठ तस्करहरु मोटरसाइलसहित काठ फाली भागेकाले उक्त काठससहित मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइएको हो । सो नियन्त्रणमा लिइएको काठ अस्थायी प्रहरी पोष्ट छेदी चौक रौतहटमा ल्याइ नाप जाच गर्दा अन्दाजी ५ फिट लम्बाइ र ५० इन्च मोटाइ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनामएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here