अशोक पहाडी ,चन्द्रपुर,१६कार्तिक । रौतहटको वनबाट काठ चोरी तस्करी गर्न संगठित गिरोहनै सक्रिय रहेको पाईन्छ । जिल्लाका बिभिन्न स्थानका वन छेउका युवाहरुले संगठितनै भएर काठ तस्करी गर्दे आएको स्थानीयले बताएकाछन् । जिल्लाको बृन्दावन क्षेत्रको बलेरी वनमा काठ चोरी गरेर बिक्रि बितरण गर्न ३० जनाको युवाहरुको समुह सक्रिय रहेको स्थानीयको भनाइ रहेको छ । बलेरी वनमा काठ चोरी गर्नका लागि सर्लाहीका युवाहरु समेत सक्रिय भएर लागेको स्वयम वन कर्मचारीहरुको भनाइ रहेको भनाइ रहेको छ ।
रौतहट र सर्लाहीका काठ तस्करले बलेरीको जंगलमा दिन दाहाडै काचा सालका रुख काटने र रातीको समयमा गोलिया बनाएर साइकल तथा मोटर साइकलमा राखेर बिक्रि बितरण गर्न लैजाने गरेको स्थानीयको भनाइ रहेको छ । बलेरी जंगलमा धेरै नाका भएका कारण काठ चोरले कुन नाकाबाट काठ लैजान्छन् भन्नेनै ठेगान नहुने गरेको सव वन डिभिजन कार्यालय वृन्दावनका सशस्त्र वन रक्षक कम्रे आलमको भनाइ रहेको छ । सो क्षेत्रको वनमा काठ चोरी तस्करी गर्नका लागि संगठित तस्कर गिरोहले दुइ वटा साईकललाई एकै ठाउमा बेल्डीङ गरेर सिगैं सालको रुख अटाउने गरी साईकलको स्वरुपनै परिवर्तन गरेर तस्करीमा सक्रिय रहंदै आएको भएपनि वन कार्यलयले तस्करीमा सक्रिय गिरोहलाई पक्राउ गर्न सकेको छैन् । पहिला पहिला टायर गाडा र ट्रेक्टरमा हुने काठ चोरी तस्करी पछिल्लो समय साइकल र मोटर साईकलमा हुने गरेको पाईन्छ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले सो स्थानमा सर्लाही र रौतहटकै काठ तस्करले दुख दिन थालेका कारण वन कर्मचारी चनाखो भएर तस्कर पक्राउ गर्न लागि परेको बताए ।
सर्लाही र रौतहटका वन तस्करको रोजाइ बनेको बलेरीको वन जोगाउनका लागि आफुहरुले सर्लाहीका वन कर्मचारीसंग समेत समन्वय गरेर काम थालेको सिंहको भनाइ रहेको छ । लकडाउनको समय त्यस पछि जिल्लाका चुरे फेदीको वन ,चोचा क्षेत्रको वन र जंगलसहिया क्षेत्रको वनमा चोरी तस्करी गर्नका लागि युवाहरुको समुहनै सक्रिय रहेको गैडाटारका स्थानीय बासिन्दा बसन्त लामाले बताए । चोचा क्षेत्रको वनमा समेत समुहनै बनाएर दिउसै जंगलमा पस्ने गिरोहाबाट धेरै पटक काठ बरामद गरेको डिभिजन वन कार्यालयका प्रमुख सिहले बताए । स्थानीयले भने वन कर्मचारीको फितलो गस्तिका कारण जिल्लाको घना वन दिनप्रतिदिन नासिदै जान थालेको गुनासो गरेकाछन् ।
सालको काठको भाउ महंगो भएको र गाउघरमै सहजै बिक्रि बितरण हुने भएका कारण बेरोजगार युवाहरुको ध्यान जंगलतिर जान थालेको बलेरीका स्थानीय बासिन्दा उमेश पंडितको भनाइ छ । २०७७ कार्तिक १६ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।